राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा

aryal rajinama

काठमाडौं: राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुबुझाएकी हुन् ।

उनले संविधानको धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१) बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदबाट राजीनामा दिएकी हुन्।

सत्ता गठबन्धन दलबिचको सहमति अनुसार अर्यालले बिहीबार राजीनामा दिएकी हुन् ।

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल २०७९ माघ २३ गते निर्विरोध निर्वाचित भएकी थिइन् । उनी २०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ