बागमतीमा जम्कट्टेलको सरकार जोगियो, गठबन्धनमा हाम्रो नेपाली पार्टीको ‘इन्ट्री’

बागमतीमा जम्कट्टेलको सरकार जोगियो, गठबन्धनमा हाम्रो नेपाली पार्टीको ‘इन्ट्री’

bagmati1_rbJ88SSPhG

मकवानपुर । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीले प्रवेश पाएको छ । सत्ता गठबन्धनलाई सरकार टिकाउन सकस परिरहेको अवस्थामा हाम्रो नेपाली पार्टीले सरकारलाई समर्थन गर्दै मन्त्रीपरिषदमा सहभागी भएको हो ।

सत्ता गठबन्धन परिवर्तनपछि सरकारमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य मन्त्री पदमा नियुक्त भएका छन् ।

सत्ता गठबन्धनमा निर्णायक मानिएको सो दलका संसदीय दलका नेता बज्राचार्यले मन्त्री पदको शपथ ग्रहण गरेका छन् । उनलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सो मन्त्रालयको जिम्मेवारी तोकेर मन्त्री मण्डल विस्तार गरेका हुन् ।

उनले मातृ (नेपाल) भाषामा शपथ ग्रहण गरेका थिए ।

यसअघि मन्त्री बन्न र सत्ता जोगाउन बागमती प्रदेशमा ५ बुँदे निर्णय भएको थियो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबिच मन्त्री बन्न र सत्ता जोगाउन ५ बुँदे सहमति भएको हो ।

बज्राचार्य तीन वटा सर्त पूरा गर्ने आश्वासनका साथ जम्कट्टेललाई समर्थन गर्न राजी भएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ