त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

Taxi acc

काठमाडौँबाट गोरखा आउँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।

आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको उक्त ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । उनीहरूको पहिचान भइसकेको छैन ।

ट्याक्सीमा कति जना सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ