पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

Aina Pahara Pahiro

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङकाअनुसार शनिबार बेलुकी साढे ७ बजेदेखि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएकाले सवारी साधन चल्न नसक्दा यात्रुहरु मर्कामा परेका छन् ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय समेतको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ