सत्तारूढ नेकपा (एकीकृत समाजवादी) ले कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान राखेको छ।
आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धन पाँच दलका दलका शीर्ष नेताहरूको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ७ मध्ये एउटा प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेका हुन्।
अध्यक्ष नेपालको उक्त अडानमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहमत भएनन्।
एकीकृत समाजवादीले आफूहरूलाई कम्तीमा एक मुख्यमन्त्री, संवैधानिक निकाय र राजनीतिक नियुक्तिहरूमा समान हिस्सेदार बनाउनुपर्ने अडान राखेको हो।
सत्ताघटक एमाले र माओवादी नै अध्यक्ष नेपालका अडानमा सहमत नदेखिएपछि गठबन्धन बैठक बिनानिष्कर्ष सकिएको थियो।
बैठकमा अध्यक्ष नेपालले कम्तीमा एउटा प्रदेशमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री चाहिनेसहित विभिन्न दाबी पेस गरेका थिए। संवैधानिक निकायका नियुक्तिमा गठबन्धन दलहरूको समान भागबन्डा हुनुपर्ने अध्यक्ष नेपालको भनाइ थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ताघटक दलहरू कुनै सहमतिमा पुग्न नसक्दा त्यसको असर बागमतीमा देखिएको छ। बागमती मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिने तयारी गरेका छन्। तर एकीकृत समाजवादीले यथास्थितिमा विश्वासको मत दिन नसकिने बताएको छ।
एकीकृत समाजवादी बागमती संसदीय दलको बैठकले यथास्थितमा मुख्यमन्त्री जम्कट्टेलाई विश्वासको मत नदिने निष्कर्ष निकालेको हो।
समाजवादीबाट कोशीमा ४, मधेसमा ७, बागमतीमा ७, गण्डकी एक (दीपक मनाङ्गे तर काँग्रेस सरकारमा सहभागी हुँदा पनि कारबाही नगरेको), कर्णालीमा १, लुम्बिनीमा १ र सुदुरपश्चिममा ४ जना सांसद छन्।
यसअघि एमालेका अध्यक्ष ओली र माओवादीका अध्यक्ष प्रचण्डबीच प्रदेशका मुख्यमन्त्रीहरूबारे सहमति भएको थियो। सहमतिअनुसार कोशी, गण्डकी र कर्णालीमा एमाले, बागमती र लुम्बिनीमा माओवादी, मधेसमा जसपा मुख्यमन्त्री बन्ने तय भएको थियो।
नागरिक उन्मुक्ति पार्टी सहमत भए उक्त पार्टीबाट सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनाउने सहमति दुई अध्यक्षले गरेका थिए। सोहीअनुसार बागमतीका मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिने तयारी गरेका थिए। तर, समाजवादी अध्यक्ष नेपालको अडानले बागमतीमा जम्कट्टेलको सत्ता निरन्तरता धरमरमा परेको छ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह