पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ ।
परिषदमा आइतबार खेल संघहरु संग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरुलाई निर्देशन दिएको छ । परिषदले सबै खेल संघहरुलाई बैशाख भित्र सबै खेलहरु सम्भव भएका खेलहरुको प्रतियोगितामार्फत अथवा सम्भव प्रतियोगिता सम्भव नभएका खेलहरुको सोझै खेलाडीहरुको छनौट गर्न भनेको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै घोषणा गरिसकेको छ ।
खेल संघहरुको बैठकमा परिषदका सदस्य सचिव श्रीधर शर्माले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखमा हुने पूर्व तयारीका लागि करिव १ करोड ७५ लाख खर्च हुने बताएका छन् । छनौट प्रतियोगिताहरु एक जिल्लामा मात्रै सिमित नगरी सम्भव भए सम्म प्रदेशका सबै जिल्लामा आयोजना गरी तयारी गर्न समेत सदस्य सचिब शर्माले खेलकुद संघहरुलाई आग्रह गरेका छन् ।
सदस्य सचिव शर्माले सबै खेलसंघहरुलाई चैत्र मसान्त सम्म दर्ता र नविकरण गर्न निर्देशन दिंदै नविकरण नगर्ने खेलसंघहरुले लेटर प्याड वा छाप प्रयोग गरेमा परिषदले छाप किर्तेमा मुद्धा चलाउने चेतावनी दिंदै खेल संघहरुको समस्या समाधान गर्न र बलियो बनाउन परिषदले सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाए । “परिषद खेल संघहरुलाई बलियो बनाउन सहकार्य गर्न तयार छ”, उनले भने–“समाजमा हामीले खेल संस्कृतीको सन्देश दिनु छ । तर त्यस भन्दा अघि संघ आफैमा मर्यादित, पारदर्शी संगै आर्थिक शुसासन कायम गर्न नविकरण र दर्ता पहिलो शर्त हो ।”
बैठकमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल, ३६ वटै खेल संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
कालिका माविलाई छात्रा क्रिकेटको उपाधी
पोखरा २३ नयाँबस्तीमा भेट्रान्स भलिबल प्रतियोगिता सुरु
पोखरा स्पोर्टस् अवार्डमा पोखरा मोबाईल टावरको साथ
उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिस्पर्धा
सिद्ध र कालिका उपाधिका लागि भिड्ने
पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग