सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सत्ता गठबन्धनमा सहमति

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सत्ता गठबन्धनमा सहमति

nekapa-samajbadi (1)

काठमाडौं- केन्द्रीय सत्ता गठबन्धनभित्र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भएको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने निर्णय गरेको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान गठबन्धन बैठकमा राखेका थिए ।

बैठकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच छलफल भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ