पर्वतको जलजला गाउँपालिका वडा नं. २ मल्लाजको दहमा एक दम्पत्तिको विभत्स हत्या भएको छ ।
स्थानीय वर्ष ६९ का सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षिया कमला जिसी आफ्नै घर भित्र मृत अवस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान श्रीमतीनै मृत अवस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए ।
घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ। एक्लो ठाउँमा रहेको सो घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे। २ छोरा वैदेशिक रोजगारीको सिलसिलामा कोरिया र एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन्। लुटपाट गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।
स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिए ।
‘घटनाको प्रारम्भिक अवस्था हेर्दा शंकास्पद देखिएको छ’ – उनले भने – ‘पोखरावाट चिकित्सक सहितको टोली बोलाएर थप अनुसन्धान पछि मात्र घटनामा यकिन विवरण आउने छ ।’
जलजला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष प्रकाश जिसीले घर भित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पत्तिको शव बिहान ९ बजे भेटिएकोे जानकारी दिए ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन