व्यवसायी श्रेष्ठको हत्या घटनाका आरोपित माओवादी नेता १५ वर्षपछि गिरफ्तार

व्यवसायी श्रेष्ठको हत्या घटनाका आरोपित माओवादी नेता १५ वर्षपछि गिरफ्तार

kalibahadur-kham

काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर निवासी व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा १५ वर्षपछि कालीबहादुर खामलाई प्रहरीले ०८० चैत २० गते गिरफ्तार गरेको छ ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व लडाकुसमेत रहेका खामलाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको हो ।

व्यपारी श्रेष्ठलाई ०६५ वैशाख १५ गते माओवादीका लडाकु खमसहित केशव अधिकारी, गङ्गाराम थामा र गोविन्दबहादुर बटलासहितले अपहरण गरी चितवनको शक्तिखोरस्थित माओवादी शिविरमा लगि कुटपिट गरेको र हत्यापछि वैशाख २८ गते नारायणी नदी किनारमा फालेको आरोपमा श्रेष्ठकी पत्नीले सर्वोच्च अदालतमा उजुरी दिएकी थिइन् ।

खाम तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर थिए । जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले उक्त मुद्दाको फैसला २०६८ जेठ १७ गते गरेको थियो । सो फैसलामा अदालतले बटालालाई तीन वर्ष र अन्य आरोपित फरार भएकोले मुद्दा मुल्तविमा राखेको थियो ।

मुद्दा चलेदेखि नै खाम अदालतमा उपस्थित भएका थिएनन् । प्रहरीको फरार सूचीमा रहेका खामलाई माओवादी केन्द्रले केन्द्रीय विभागको सदस्य बनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ