चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला

gaida

file photo

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३२ वर्षको भाले गैंडा मृत फेला परेको छ ।

चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

सो गैंडा प्राकृतिक कारणले मरेको उनको भनाइ छ ।

निकुञ्जले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा मात्रै १९ वटा गैंडा मृत भेटिएका छन् । तीमध्ये १५ वटा प्राकृतिक कारण (बुढो भएर, बाघको आक्रमण र रोग लागेर), चोरी सिकारीबाट तीन र कारण नखुलेको एक गैंडाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ