भ्रष्टाचारको मुद्दा लागेपछि कांग्रेस सांसद जीवनबहादुर शाहीको पद स्वतः निलम्बन

भ्रष्टाचारको मुद्दा लागेपछि कांग्रेस सांसद जीवनबहादुर शाहीको पद स्वतः निलम्बन

jeewan-shahii

दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि कर्णाली प्रदेश सभाका सांसद जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सो प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचारको मुद्दा दायर गरेको थियो जसमा नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीसमेत रहेका छन् ।

शाही तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । उनी कर्णालीका पहिलो मुख्यमन्त्री हुन् । भेन हाल पनि उनी प्रदेश सभामा सांसद रहेका छन् ।

शाही प्रदेश सभा निर्वाचनमा हुम्ला (ख) बाट निर्वाचित छन् । उनीविरुद्ध भ्रष्टाचारको मुद्दा लागेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । भ्रष्टचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।

शाही हाल नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता छन् । उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला २ वटा वाइडबडी जहाज खरिद गर्ने निर्णय भएको थियो ।

२०७४ वैशाखमा मन्त्रिपरिषद् बैठकमा निर्णय भएर विमान खरिद भएकोमा ३ अर्ब बढी भ्रष्टाचार भएको आरोप लागेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ