राजन शर्मा पराजुलीका गजलः ‘कस्तो लोकतन्त्र ?’

गजल

राजन शर्मा पराजुलीका गजलः ‘कस्तो लोकतन्त्र ?’

Article thumbnail

सत्ताले केवल निर्देशन र आदेश गरेको छ।
गालीगलोजको भाष्य पनि प्रवेश गरेको छ ।

बुझ्नै नसकिने यो कस्तो लोकतन्त्र हो खै ?
आलोचना, फरक मतलाई निषेध गरेको छ ।

कस्को शक्तिबाट बनेको ठान्छन् शाषकहरु ?
जनताको भलाई गर्नै नहुने सन्देश गरेको छ ।

खोजी गर्‍यो देखिँदैन, कहाँ व्यस्त छ सरकार ?
बेथिति, घुसखोरी, कमिसन अशेष गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ