तनहुँमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

तनहुँमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

hatya-tanahun

तनहुँ । तनहुँमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

व्यास नगरपालिका –५ साँगे चापटाको सिमलगैरामा ४० बर्षीय जीतबहादुर कुमालले शनिबार दिउँसो ४:१५ बजे तिर धारिलो हतियार प्रहार गरी श्रीमती ३६ बर्षीया सुकमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शनिबार दिउँसो सामान्य वादविवादका क्रममा जीतबहादुरले श्रीमती सुकमायालाई धारिलो हतियार प्रहार गर्दा सुकमायाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनालगत्तै प्रहरीले कुमाललाई नियन्त्रणमा लिइ हत्याबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ