२ हजार ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

२ हजार ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, शक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर तोलाको १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ