पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै सपथ लिने भएका छन् ।
दिउँसो ३ बजेपछि प्रदेश प्रमुख निवासमा सपथ लिने कार्यतालिका रहेको प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।
मुख्यमन्त्री खगराज अधिकारीले आफूसँगै अन्य दुई मन्त्रीलाई साथमा लिएर सपथ ग्रहण गर्न लागेका हुन् । अधिकारी निकट श्रोतका अनुसार माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री अधिकारीसँग सपथ लिन लागेका हुन् ।
दुवै जनाले कुन मन्त्रालयको जिम्मेवारी लिने अहिले खुलेको छैन । स्रोतका अनुसार मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिनु अघि दुवैलाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गर्ने तयारी छ ।
मनाङे पाँचौँपटक गण्डकी प्रदेश सरकारको मन्त्री बन्ने भएका छन् । मनाङे कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा पनि भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री थिए । तर, अधिकारीलाई मुख्यमन्त्री बनाउन निर्णायक मत दिएर उनी पुनः मन्त्री बन्न लागेका हुन् । एमाले स्रोतका अनुसार उनले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मागेका छन् । सरकार बनाउन निर्णायक मत दिएकाले मुख्यमन्त्री अधिकारी पनि मनाङेलाई उक्त मन्त्रालय दिन तयार छन् ।
फाइल तस्वीर ।
सम्बन्धित खबर
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु