अचानक हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटनाः स्याङ्जाका सोभितको सकुशल उद्धार

अचानक हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटनाः स्याङ्जाका सोभितको सकुशल उद्धार

Boat-Fewa

पोखरा । फेवातालमा बोटिङ गर्ने क्रममा आइतबार साँझ दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

अचानक चलेको हावाहुरीले डुंगा पल्टिँदा पोखरा–६ लेकसाइड बस्ने स्याङ्जाको अर्जुनचौपारी–३ का २० वर्षीय सोभित परियार डुबेका थिए । घटनालगत्तै सशस्त्र प्रहरीको फेवातालको बाराहीघाटस्थित रेस्क्यु टावरमा तैनाथ उद्धार टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।

हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सोही टोलीले सकुशल उद्धार गरेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ