सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

gold

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन १ लाख ३६ हजार ८०० र तेजाबी सुन १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मको उच्च मूल्य हो।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ