बिहीबार ईदको अवसरमा सार्वजनिक बिदा

बिहीबार ईदको अवसरमा सार्वजनिक बिदा

Public_Holiday_ Sarbajanik Bida

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल फित्र (ईद)का दिन सरकारले सार्वजनिक बिदा दिएको छ।

बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए।

गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो। यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ