डिफेन्डिङ च्याम्पियन ढोलाहिटीलाई एबिसी फोर्टी फाइभ प्लस एट ए साइड फुटबलको उपाधि

डिफेन्डिङ च्याम्पियन ढोलाहिटीलाई एबिसी फोर्टी फाइभ प्लस एट ए साइड फुटबलको उपाधि

Dholahiti_kMHoRfBwNX

पोखरा । डिफेन्डिङ च्याम्पियन ढोलाहिटि फ्रीडमले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ ।

हेटौडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन ढोलाहिटिले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधी हात पारेको हो ।

उपाधी सँगै ढोलाहिटिले नगद १ लाख ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेता हेटौडाले नगद ७७ हजार ७ सय ७७ मा चित्त बुझाउनु पर्‍यो । प्रतियोगितामा ढोलाहिटिका प्रकाश राना मगर म्यान अफ दी म्याच हुन सफल रहे । त्यस्तै प्रतियोगितामा ढोलाहिटिकै तेज बहादुर गलामी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडी गलामीले नगद १० हजार र ट्रफी प्राप्त गरे ।

फाइनल खेलमा ढोलाहिटीको तर्फबाट प्रकाश राना मगरले २ गोल र सरोज थापा र राजकुमार केसीले १—१ गोल गरेभने हेटौडाका शशी गौतम र सञ्जय राना मगरले १—१ गोल गरेका थिए । प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङ लगायतले नगद, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले सरकारी स्तरबाट खेलकुदको बिकासका लागी उल्लेख्य काम हुन नसकेको बताउदै खेलकुदको बिकासका लागि स्थानिय क्लब, संघ संस्था, ब्याक्तित्वहरुको साथ र सहयोग अपरिहार्य रहेको बताइन् ।

अमरसिंह ब्वाइज क्लबका अध्यक्ष राजेश गुरुङले आफुहरुले युवाहरुलाई भन्दापनि पैचालिस बर्ष उमेर कटेकाहरुलाई लक्षित गरी आपसी भाइचारा कायम गरी शारिरीक तन्दुरुस्तीका लागि सहयोग प¥याउने उद्देश्यले खेलकुदको कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वताउदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ