गहुँ खेतमा महिलाको शव भेटियो

गहुँ खेतमा महिलाको शव भेटियो

sab vetiyo

धनुषामा एक महिलाको  गहुँ खेतमा  शव भेटिएको छ ।  धनुषाको हंसपुर नगरपालिका-७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको हो ।

धनुषाकै सहिदनगर नगरपालिका-४ ननुपट्टी (माइती)गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको हो ।

मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउ चोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशङ्का छ ।

माइतमा एक जनाको मृत्यु भएकोले उनी गएकी थिइन् । साँझदेखि हराइरहेको उनको खोजतलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ