सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

Gold sun

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोलामा १ लाख ३९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ