गजलकार प्रकट पंगेनी शिवकाे निधन

गजलकार प्रकट पंगेनी शिवकाे निधन

prakat-pangeni-1

पाेखराका साहित्यकार प्रकट पंगेनी शिवकाे मंगलबार दिउँसाे निधन भएकाे छ । उपचारकाे क्रममा  मणिपाल अस्पतालमा  उनकाे निधन भएकाे हाे ।

६८ वर्षकाे उमेरका प्रकटको स्वास्थ्यमा समस्या आएपछि साेमबार अस्पताल भर्ना भएका थिए । गजलकार प्रकटको अवस्था गम्भिर रहेको तथा जन्डिस, निमोनिया, मुत्र थैली फुटेर समस्या भएको परिवारले जनाएका थिए ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा उपचारकै क्रममा निधन भएकाे  पाेखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पाैडेलले जानकारी दिए ।

पाेयुसापले प्रकटको उपचारमा आर्थिक अभाव भएपछि २५ हजार राखेर कोष स्थापना गरी सहयाेगकाे अपिल गरेकाे थियो । उनको उपचारका लागि पोखरा महानगरपालिकाले १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

बुधबार दिउँसाे १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा सुरू भलाम उक्लने फुलबारी घाटमा उनकाे अन्त्येष्टि गरिने पारिवारिक स्राेतले बताएकाे छ ।

उनकाे परिवारमा श्रीमति, एक छाेरा र एक छाेरी छन् । उनी सिद्धहस्त गजलकार थिए । उनका गीत र गजलका कृति प्रकाशित छन् । रसिक स्वभावका प्रकटको श्रृंगारिक गजलहरु अत्यन्त चर्चित छन् । रोमान्टिक शब्द र शैलीले उनी पृथक थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ