निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ ।
आयोगले इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको हो ।
सार्वजनिक मत्रपत्रअनुसार १९ वटा निर्वाचन चिन्ह रहेका इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र ११ वटा निर्वाचन चिन्ह रहेको बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को पहिलो नम्बरमा नेकपा एमालेको सूर्य चिन्ह रहेको छ ।
मतपत्रमा चुनाव चिह्नको रोलक्रम २०७९ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
उनका अनुसार २०७९ को निर्वाचनमा समानुपातिकतर्फ सहभागी नभएका दलको हकमा भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता भएको क्रमका आधारमा भएको छ ।
त्यसैकारण २०७९ को समानुपातिक निर्वाचन प्रणालीमा सबैभन्दा बढी मत नेकपा एमालेले प्राप्त गरेका कारण उक्त दलको सूर्य निर्वाचन चिन्ह पहिलो नम्बरमा रहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । आयोगको यो निर्णयअनुसार मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा र चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी रहेको छ ।
बझाङको प्रदेशसभा सदस्य निर्वाचनको हकमा पनि पहिलोमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा गोलाकारभित्र हँसिया र हथौडा रहेको छ । यहाँ चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो रहेको छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ