स्याङ्जाको पुतलीबजार नगरपालिका -९ काल्खुमा चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने भएको छ ।
विगत लामो समयदेखि नै चैत्र पूर्णिमाको अवसर पारी चैत्र पूर्णिमादेखि पञ्चमीसम्म संचालन हुँदै आइरहेको ऎतिहासिक काल्खु मेला यस वर्ष पनि हुने भएको हो ।
जनसम्पर्क युवा क्लब काल्खुले `आजको आवश्यकता समाज विकासमा युवा अपरिहार्यता´ भन्ने मुल नारालाई आत्मसात गर्दै वैशाख ११ देखि १७ सम्म मेला संचालन गर्ने तय भएको संयोजक प्रेम बहादुर रानाले जानकारी दिए ।
उनले मेलामा जलकन्या उत्तरादेवी मन्दिरको दर्शन, गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, छेलो हान्ने, रसि तान्ने, म्युजिक चियर दौड, घैटो फुटाउने प्रतियोगिता, विभिन्न साँस्कृतिक कार्यक्रमहरु साथै राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने बताए ।
त्यस्तै, पुरुष भलिबल प्रतियोगिता अन्तर्गत विजयी टिमले ८० हजार, उपविजेताले ४० हजार र तृतीयले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक शंकर थापाले बताए ।
उनले अनुशासित टिमले १२ हजार नगदसहित मायाको चिनो पाउने बताए । प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको घोषणा गरि सम्मान गरिने साथै विभिन्न ५ विधामा खेलाडीलाई पुरस्कार गरिने जानकारी दिए ।
यसै गरि खुल्ला नृत्य प्रतियोगितातर्फ विजेता हुनेले १५ हजार, उपविजेताले १० हजार, तृतीयले ५ हजार र सान्त्वना हुनेले २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने सांस्कृतिक संयोजक स्वीकृती रानाले बताइन् ।

सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ