सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

Gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोलामा १ लाख ३८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँ बढेर प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ