पोखरा। पोखराको लेकसाइडबाट लागु औषधसहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरीको टोलीले लागु औषधसहित उनिहरुलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार गत सोमबार पोखरा महानगरपालिका ६ लेकसाइडमा लागु औषधको अवैध कारोवार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले दिउँसो अन्दाजी २ बजेको समयमा पोखरा ३० शिशुवा निवासी प्रकाश परियारलाई चेकजाँच गर्दा उनको ग १२ प ३१४६ नंवरको स्कुटरको डिक्कीमा लुकाई राखेको अवस्थामा ६ एम्पुल लागु औषध फेला पारेको थियो।
परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा नवलपरासी प्रतापपुर गाउँपालिका ६ पिपरपाति बस्ने वर्ष ४१ को राजकुमार तेली, दाङ घर भइ हाल पोखरा ६ डिकोपाटन बस्ने वर्ष २० की हरिकला घर्ती र सोही स्थान बस्ने वर्ष १८ की दिया बुढा समेतको लागु औषधको कारोवारमा संग्लग्नता देखिएपछि प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको डेराकोठाबाट ८३१ एम्पुल लागु औषध, नाईट्रोभ्याट २९८ चक्की र नगद ३२ हजार ५ सय लगायत विभिन्न कम्पनीका मोवाइल १० थान समेत वरामद गरेको छ।
हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरूमाथि जिल्ला अदालत कास्कीबाट लागु औषध मुद्दामा १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा