गण्डकीका बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी: चुमानले अर्थ र मनाङेले भौतिक मन्त्रालय

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी: चुमानले अर्थ र मनाङेले भौतिक मन्त्रालय

chuman manange

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दुई बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँट गरिएको हो । त्यसपछि मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहानै प्रदेश प्रमुखको निवासमा पुगेको थियो ।

प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीले कार्यविभाजनको पत्र शनिबार बिहान आएको र मध्यान्ह प्रमाणित भएको जानकारी दिए ।

२५ चैतमा सरकार बन्दा नै दुवैले मन्त्रीको शपथ लिएका थिए ।  चुमानको आइतबारमात्र पदभार ग्रहण गराउने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । चुमान यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री भइसकेका छन् ।

माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कांग्रेसका सुरेन्द्रराज पाण्डले विपक्षीलाई बहुमत पुग्नबाट रोक्नकै लागि मनाङेलाई चैत ५ गते भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए । मनाङे पाँचौ पटक मन्त्री बनेका हुन् । यसअघि पनि उनी ३ पटक खेलकुद मन्त्री भइसकेका छन् ।

अद्यावधिक गरिएको समयः दिउँसो १ः३० बजे

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ