पोखरा । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ ।
सभाको शुक्रबारको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र सभामा सुनाएर बैठक स्थगन गरिएको हो ।
प्रतिपक्षी बेञ्च खाली भएपछि सभामुख कृष्णप्रसाद धितालले छ मिनेटमै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरेका हुन् ।
बैठकमा बिनाविभागीयमन्त्री हरिबहादुर चुमानले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गर्ने कार्यसूची थियो ।
नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सभा सदस्यहरु बैठकमा उपस्थित नभएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन भएको सभामुखले सभामा जानकारी गराए ।
यसअघि कांग्रेस संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकारका विषयमा सर्वोच्च अदालतले सरकारलाई नियमित कार्य सञ्चालनबाहेक अन्य दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न आदेश भएकामा सरकारले अधिवेशन बोलाउनु गैरकानुनी भएकाले प्रदेशसभा बैठक बहिष्कारको निर्णय गरेको थियो । कांग्रेसले सरकार गठन र प्रदेशसभा बैठक आह्वान गरिनु असंवैधानिक भन्दै सभामुखलाई पत्र बुझाएको थियो ।
कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै बोलाइएको प्रदेशसभा बैठक र अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदासम्म आह्वान गरिने प्रदेशसभाको कुनै पनि बैठकमा आफ्नो दलका सदस्यहरु सहभागी नहुने बताए ।
“सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभाको बैठक सञ्चालन गर्नु संवैधानिक दृष्टिले त्रुटिपूर्ण र संसदीय मर्यादा एवं परम्परा विपरीत हुने भएकाले प्रदेशसभा बैठक सञ्चालन नगर्न÷नगराउन अनुरोध गरेका हौँ,” न्यौपानेले भने ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो