गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, एउटा पुल बगायो

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, एउटा पुल बगायो

Birendra_lake

गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र ताल क्षेत्रमा आज बिहान हिउँपहिरो खसेको छ ।

वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको छ । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन आग्रह गरिएको छ । सामागाउँ प्रहरी चौकीबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा जाँदैछ ।

बाढीले थप क्षति पु¥याउन सक्ने भन्दै बुढीगण्डकी नदी आसपासका क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ ।

वीरेन्द्र ताल गोरखा सदरमुकामदेखि ५२ कोस टाढा तथा सामागाउँ बजारदेखि करिब आधा घण्टाको दुरीमा पर्दछ । तालबाट निस्केको पानी बूढीगण्डकी नदीमा मिसिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ