सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

silver-gold

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो।

आज छापावाल सुन १ लाख ३८ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, हिजो आइतबार छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर तोलाको १ हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ