जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको ?: कांग्रेस सभापति देउवा

जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको ?: कांग्रेस सभापति देउवा

sher bahadur deuba

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको ? भन्दै प्रश्न गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हीरक महोत्सवका अवसरमा गोदावरीमा भइरहेको समारोहमा सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुनिश्चित गर्न सबैको सहकार्य जरुरी भएकोमा पनि उनले जोड दिए ।

‘नेकपा स्थापना भएको ७५ वर्ष पूरा भएको छ, त्यसमा म बधाई दिन चाहन्छु,’ सभापति देउवाले भने, ‘नागरिकको मौलिक हक अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ ।’

उनले संघीय संसद्मा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन समेत आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ