पोखरा । योमामाई मोर्टस् प्रा.लि. ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सहयोग गर्ने भएको छ ।
यही वैशाख २८गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’लाई सफल पार्न टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मञ्चले वर्ष खेलाडी महिला तथा पुरुष विधाका विजेतालाई उक्त ब्राण्डको स्कुटरको पुरस्कार स्वरुप प्रदान गर्ने भएको छ ।
प्रा.लि.का प्रबन्ध निर्देशक सञ्जिव शिल्पकारले विगत ७ वर्षदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको पोखरा स्पोर्टस् अवार्डलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।
प्रा.लि.ले मञ्चले सञ्चालन गर्दै आएको अवार्ड सफल पार्न यसअघिका वर्षहरुमा पनि निरन्तर सहयोग गर्दै आएको मञ्चका कोषाध्यक्ष कविता घर्ति मगरले बताइन् । उनका अनुसार गत वर्ष पनि एक लाख बढी सहयोग गरेको प्रा.लि.ले यस वर्ष पनि उक्त सहयोग नघट्ने गरी सहयोग रहने भएको छ ।
प्रा.लि. ले वातावरण मैत्री टेल्जी ब्राण्डको लायन, टाइगर लगायत मोडलका ईलेक्ट्रिक स्कुटरहरुको देशैभर आधिकारीक विक्रेताका रुपमा काम गर्दै आइरहेको छ ।
आठौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदानगरिने मञ्चका अध्यक्ष बरालले बताए।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथापोखरा महानगरपालिका सँगको सहकार्यमा हुन लागेको कार्यक्रमको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको छ ।
अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा राष्ट्रिय खेलकुद परिषद्, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, मादी गाउँपालिका, रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायतले सघाउने भएका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति र तेह्र वटा विभिन्न उपसमिति गठन गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती