विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ

विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ

Arrest

काठमाडौं। वैदेशिक रोजगारका लागि आकर्षक तलबको प्रलोभन देखाइ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५ घर भई काठमाडौं -१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल  छन् ।

पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाइदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार र विवेकले माल्टा पठाईदिन्छु भन्दै पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ