पोखरामा आयोजित सातौं एसिया कप ट्रायथलन २०२४ मा पुरुषतर्फ इजिप्टका सिफे्ल्दिन इस्माइल र महिलातर्फ इजरायलकी इड्डा जानेसडोटिर च्याम्पियन भएका छन् ।
नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न उक्त प्रतियोगितामा उनीहरु च्याम्पियन भएका हुन् । पुरुषतर्फका प्रतिस्पर्धामा च्याम्पियन सिफेल्दिनले ७ सय ५० मिटर पौडी, २० किमि साइक्लिङ र ५ किलोमिटर दौड सम्पन्न गर्न ५६ मिनेट ४५ सेकेण्डको समय लिए ।
पुरुषतर्फ नै अस्ट्रेलियाका व्रुकलिन हेनरी दोस्रो भएका छन् । उनले ५७ मिनेट १० सेकेण्डको समय लिए भने तेस्रो भएका जापानका मिट्सुहो मोचीजुकी ५७ मिनेट २० सेकेण्डको समय लिए । यसै गरी अस्ट्रेलियाका निक फ्रिस्बी चौथो भए । उनले आफ्नो दुरी ५७ मिनेट २५ सेकेण्डमा सक्दा पाँचौ स्थानमा जापानका युया कोवायासी बने । उनले ५७ मिनेट २५ सेकेण्डको समय लिए ।

यसैगरी सोही इभेन्टको महिलातर्फ इजरायलकी इड्डा जानेसडोटिरले १ घन्टा ६ सेकेण्डमा दुरी पार गरी च्याम्पियन बनिन् ।
यस्तै गाम्बियाकी इजिमा मानामी इजिमाले १ घन्टा ४२ मिनेटको समय लिंदै दोस्रो स्थान हासिल गरिन् भने १ घन्टा ४ मिनेट १८ सेकेण्डको समय लिएकी उज्बेकिस्तानकी एलिना खाकीमोभा तेस्रो, १ घन्टा ५ मिनेट ९ सेकेण्डको समयमा दौड पुरा गरेकी इन्डोनेशियाकी मार्टिना आयू प्रातिवी चौथो र १ घन्टा ५ मिनेट २९ सेकेण्डका आफ्नो प्रतिस्पर्धा पुरा गरेकी जापानकी इकुमी सेतोले पाँचौ स्थान हासिल गरिन् ।

एसियाकप ट्रायथलन अन्तर्गत पुरुषतर्फ ३८ र महिलातर्फ २४ खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालसहित २० देशका अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, गाम्विया, प्लेस्टाइन, उरुग्ये, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, वंगालादेश, उज्बेकिस्तानलगायतका देशका खेलाडीले सहभागिता जनाएका थिए ।
साउथ एसिया ट्रायथलन च्याम्पियनसिप
प्रतियोगिता अन्तर्गत भएको दशौं सस्करणको साउथ एसिया ट्रायथलन च्याम्पियनसिपमा पुरुषतर्फ भारतका आदर्श मुरलीधरन बिजेता बनेका छन् । उनले १ घन्टा २ मिनेट ३ सेकेण्ड लिंदै बिजेता बन्दा भारतकै कौशिक विनय मालन्दकर दोस्रो भए । उनले १ घन्टा ३ मिनेट ६ सेकेण्डको समय लिए । त्यस्तै नेपालका विपन खत्कत्वा तेस्रो भएका छन् । उनले उक्त दुरी १ घन्टा ५ मिनेट २५ सेकेण्डमा पुरा गरे ।
त्यसैगरी महिलातर्फ भारतकी मान्सी मोहिती बिजेता बनिन् । उनले १ घन्टा ७ मिनेट ५१ सेकेण्डमा पौडी, साइक्लिङ र दौड पुरा गरिन् भने दोस्रो स्थान नेपालकी श्रेवी महर्जनले हात पारिन् भने तेस्रो स्थानमा नै नेपालकी शोभा बलामी भएकी छन् । श्रेवीले १ घन्टा ११ मिनेट ४५ सेकेण्डको समय लिंदा शोभाले १ घन्टा २१ मिनेट १३ सेकेण्डको समयमा लक्ष्य पुरा गरिन् ।
राष्ट्रिय ट्रायथलन च्याम्पियनसिप
प्रतियोगिता अन्तर्गत सम्पन्न राष्ट्रिय ट्रायथलनमा विपन खत्कत्वा बिजेता बनेका छन् । उनले १ घन्टा ५ मिनेट २५ सेकेण्डको समय लिएका थिए भने १ घन्टा ६ मिनेट २० सेकेण्डको समय लिएका प्रविन थारु दोस्रो र १ घन्टा ७ मिनेट ४८ सेकेण्डको समय लिएका मुकेश थारु तेस्रो भए ।
यसै गरी महिलातर्फ १ घन्टा २१ मिनेट ५७ सेकेण्डको समयमा दुरी पार गरेकी श्रेवी महर्जन बिजेता बनिन् भने शोभा बलामी दोस्रो र ज्ञानु कुमारी चौधरी तेस्रो भइन् ।
जुनियर साउथ एसिया च्याम्पियनसिप
जुनियर साउथ एसिया च्याम्पियनसिपमा भारतका साइ केडी र भारतकै कृषिभ पटेल पहिलो र दोस्रो हुँदा नेपालका यजु महर्जन तेस्रो भएका छन् । भने महिला जुनियरतर्फ नेपालकी श्रेवी महर्जनले बिजेता भएकी छन् । त्यस्तै दोस्रो र तेस्रो स्थानमा भारतका खेलाडीद्वय दुर्विशा पवार र प्रेरणा श्रवण कुमार भएकी छन् ।
प्रतियोगितामा बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ, प्रदेश खेलकुदका सदस्य सचिब श्रीधर शर्मा, नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष एवं गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालालागयतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका मुखय मन्त्री खगराज अधिकारीले गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, वर्ल्ड ट्रायथलन संघकी अध्यक्ष मारिसोल कासाडो, महासचिव एन्टोनियो आरामानी लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
समाचार सामाग्रीः पोखरा स्पोर्टस्
सम्बन्धित खबर
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
सरकार असफल भएको कांग्रेसको दाबी, भन्यो – ‘जनविश्वासको संकटमा घेरिएको सरकार विषयान्तर गर्न माहिर छ’
‘सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू’: शंकर पोखरेल
कांग्रेस पूर्वसभापति देउवा दम्पति साउन २३ गते फर्किने
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो