इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न निर्वाचनको ताजा मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका ७ वटा वडाको मतगणना सकिएको छ।
नेकपा एमालेका सुहाङ नेम्वाङले ४३३६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। नेम्वाङलाई प्राप्त मत निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको तुलनामा ९३६ ले बढी छ। खड्काले ३४०० मत ल्याएका छन्।
जुन कांग्रेसले गरेको अपेक्षा भन्दा कम मत हो । इलाम क्षेत्र नम्बर २ अन्तर्गत पर्ने फाकफोक थुम गाउँपालिका काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ । सो पालिकाबाट कांग्रेसले लिड गर्ने अपेक्षा गरेको थियो ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा फाकफोकथुम गाउँपालिकाको ७ वडामध्ये ४ वटामा कांग्रेस र बाँकी ३ वटा एमालेले जितेको थियो । पालिकाको अध्यक्ष र उपाध्यक्ष भने एमालेले जितेको थियो । २०७९को निर्वाचनमा एमालेले यो पालिकाबाट ३२७ मतले अग्रता लिएको थियो । उप निर्वाचनमा भने ६ वटा वडा गन्दा १ हजारले मतले एमालेले अग्रता लिएको छ ।
मतगणनाको रुझान चलिरहँदा अपेक्षा गरे भन्दा कम मत आएको कांग्रेसका नेताहरूले प्रतिक्रिया दिएका छन् ।
एमाले इलामका नेता बुद्धि खनालले भने अघिल्लो निर्वाचनमा भन्दा यस पटक फाकफोकथुमबाट एमालेलाई बढी मत आएको बताए । उनले फकाफोकथुमबाट आएको नतिजाले एमाले उत्साहित भएको बताए । उनले यो नतिजासँगै ३ हजार मतले चुनाव जित्ने दाबी गरे ।
अहिलेसम्मको मतगणनाअनुसार ‘मूढा’ चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानमा छन्। उनले ७८४ मत ल्याएका छन्।
त्यस्तै, चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५६१ मत ल्याएका छन्।
इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडा रहेका छन् । १ लाख १५ हजार ८८९ मतदाता रहेका थिए । ती मध्ये ६९ हजार २८७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ