इलामको मतगणना आजै सक्ने तयारी

इलामको मतगणना आजै सक्ने तयारी

ilam result 2

इलाम-२ मा आइतबार दिउँसोदेखि मतगणना जारी छ। अहिलेसम्म २२ हजार हाराहारी मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

१ लाख १५ हजार ८८९ जना कुल मतदाता भएको इलाम २ मा शनिबार भएको मतदानमा ६९ हजार २८७ मत खसेको थियो। अझै पनि ४७ हजारभन्दा बढी मत गणना हुनै बाँकी छ।

मतगणनाको झण्डै २० घन्टा पूरा हुँदा २२ हजार हाराहारी मत गणना भएको इलाम २ मा सोमबार भने गणक टोली थप्ने तयारी भएको छ।

सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार  मुख्य निर्वाचन अधिकृतको कार्यालय सकेसम्म छिटो गणनाा सक्ने योजनामा छ। ‘हिजोदेखि दुई ठाउँमा गणना भइरहेको छ’, श्रेष्ठले भने, ‘अहिले दलहरूसँग सल्लाह गरेर थप एक ठाउँ थप्ने तयारी छ।’

अहिलेसम्म फाकफोकथुम, चुलाचुली गाउँपालिका पूरै र माङसेबुङ गाउँपालिकाको वडा नम्बर १ को मत गणना गर्दा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।

एमाले नेता सुवास नेम्वाङको निधन भएपछि वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds