मोरङको बुढीगंगामा विद्युतीय चार पाङ्ग्रे सवारीसाधनको उत्पादन हुने भएको छ। गाडी उत्पादन गर्नका लागि नेपालको कोशी एन के मोटर्स र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता भएको हो।
पछिल्लो समय विद्युत्बाट चल्ने दुई र चार पाङ्ग्रे सवारीसाधनको प्रयोग बढ्दो क्रममा छ। विदेशबाटै तयारी अवस्थामा सवारीसाधन ल्याएर नेपालमा बिक्री वितरण हुँदै आएको छ। विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दै गएपछि एक वर्षभित्र नेपालमै उत्पादन गर्ने उद्देश्यका साथ चीनको फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर भएको हो।
सम्झौतामा कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशक एमडीले हस्ताक्षर गरेका छन्। सम्झौता भएसँगै अब नेपालमा नै चीन तथा कोरियन प्रविधिमा आधारित चार पाङ्ग्रे विद्युतीय गाडी उत्पादन हुने भएको हो।
नेपालमा पहिलो पटक मोरङको बुढीगंगामा १५ बिघा क्षेत्रफलमा सञ्चालनको तयारी गरिएको यस कम्पनीमा सुरुवाती चरणमा ३ अर्ब रुपैयाँको लागत रहने अध्यक्ष पुरीले बताए।
उनका अनुसार १ वर्षभित्र सबै चार पाङ्ग्रे सवारीसाधन उत्पादन हुनेछ। कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७ सय ५० गाडी उत्पादन योजना रहेको छ।
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन