पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा हुने वडा नं. ७ स्तरिय वृहत दौड प्रतियोगिताको तयारी तिव्र पारिएको छ । स्वास्थ्यका लागि आऔं सँगै दौडौं भन्ने नाराका साथ वैशाख २२ गते शनिबार दौड प्रतियोगिता गराइने भएको हो । पोखरा ७ का सम्पूर्ण सामाजिक संघ सस्थालाई जागरुक गराइ सामाजिक जागरण र आपसी एकता वृद्घिका लागि पोखरा ७ स्तरीय दौड प्रतियोगिता मूल आयोजक समिति गठन गरि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिता खुल्ला पुरुष, खुल्ला महिला, २३ वर्ष मुनिको छात्र छात्रा र ५० वर्ष माथिको पुरुष महिला गरि छ विधामा संचालन हुने समितिका संयोजक रविश्वर आचार्यले जानकारी दिए । हरेक विधामा प्रथम, द्वितिय, तृतिय र सन्तवना हुनेलाई क्रमश रु.५ हजार ५५५, रु.४ हजार ४४४, रु.३ हजार ३३३ र रु.२ हजार २२२ सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
कार्यक्रम संचालन गर्न २ लाख खर्च हुने अनुमान गरिएको छ । पोखरा वडा नं. ७ को विशेष सहयोगमा प्रतियोगिता आयोजना गरिएको र वडा भित्रका प्रतिष्ठित उद्योगी, व्यापारी, शैक्षिक संस्था एवं सामाजिक संघ सस्थाबाट पनि प्रतियोगितालाई भब्य रुपमा सफल पार्न सहयोग जुटाउने कार्य जारी रहेको समितिका कोषाध्यक्ष ज्ञानेन्द्र जैसी सुवेदीले बताए ।
खुल्ला पुरुष, खुल्ला महिलामा तथा ५० वर्ष माथिको पुरुष महिला दौड प्रतियोगितामा भाग लिने प्रतियोगी पोखरा ७ भित्रकै वासीन्दा हुनु पर्नेछ । २३ वर्ष मुनीको दौड प्रतियोगीतामा भने पोखरा ७ भित्रका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले पनि भाग लिन सक्ने सचिब मधु अधिकारीले जानकारी दिए ।
पाँच किलोमिटरको दुरिमा पोखरा ७ नुवारथोक पुष्पलाल पार्कबाट सुरु हुने दौड शिव मार्ग, मदरल्याण्ड मावि ह्याप्पी बोडिङ्ग हुँदै मासबार, रत्नचोक, जनप्रिय क्याम्पस, पुरानो एयरपोर्ट, मुस्ताङ्ग चोक हुँदै घारीपाटनको हिमाली टोल, तिनकुने चोक हुँदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु