सप्तरीको महादेवामा भीषण आगलागी हुँदा बस्ती नै सखाप, २ सयभन्दा बढी घर जले

सप्तरीको महादेवामा भीषण आगलागी हुँदा बस्ती नै सखाप, २ सयभन्दा बढी घर जले

aaglagi

सप्तरीको महादेवा गाउँपालिका-१ मा भीषण आगलागी भएको छ । आगलागीले बस्ती नै सखाप पारेको छ ।

आगो निभाउन ३ वटा बारुणयन्त्र प्रयोग गरिएको भएपनि अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन ।

वडाध्यक्ष जयकिशोर दासका अनुसार २ सयभन्दा बढी घरटहरा जलेका छन् र त्यसक्रममा २ सय भन्दा बढी परिवार विस्थापित भएका छन् ।

अहिले नै क्षतिको विवरण आइनसकेको वडाध्यक्ष दासले बताए ।

आगो नियन्त्रणमा ल्याउन ६ वटा वारूण यन्त्रले पानी हालिरहेको सप्तरी प्रहरी प्रमुख (एसपी) गजुषिद्धी मानन्धरले जानकारी दिए।

अहिलेसम्म कति घर जल्यो भने यकिन छैन, उनले भने,’आगो नियन्त्रण बाहिर गएको छ। हामी नियन्त्रण गर्ने प्रयासमा जुटेका छौँ।’

स्थानीय, प्रहरी, सुरक्षाकर्मीको सहयोगमा बारुणयन्त्रले आगो निभाउने प्रयास गरिरहेको छ।

आगलागीबाट केही पशुचौपायासमेत मरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds