एकैदिन २७ सयले घट्यो सुनको मूल्य

एकैदिन २७ सयले घट्यो सुनको मूल्य

Gold

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन सुनको मूल्य तोलामा २ हजार ७ सयले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २ सय रुपौयाँ र तेजाबी सुन तोलाको एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds