छात्रा क्रिकेट जारी : भद्रकाली र अम्मरसिंहको जित

छात्रा क्रिकेट जारी : भद्रकाली र अम्मरसिंहको जित

pp2

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारका खेलहरुमा भद्रकाली मावि र अम्मरसिंह मावि विजयी भएका छन् ।

पहिलो खेलमा अम्मरसिंहले छोरेपाटन माविलाई ६ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको छोरेपाटनले पुरा २० ओभरमा ९ विकेट गुमाएर ७५रन बनाएको थियो । उसका लागि सरस्वती दर्जीले १८ तथा प्रतिक्षा पौडेलले अभिजित १२ रन हानिन् । अम्मरसिंह माविको बलिङमा कृषा तिवारीले ३, चन्द्रमाया बराल र रक्षा फगामीले समान २ विकेट लिए ।

७६ रनको लक्ष्य पाएको अम्मरसिंह माविले ९.५ ओभरमा ४ विकेट गुमाएर जित निकाल्यो । अम्मरसिंहका लागि चन्द्रमाया बरालले १८ बनाइन् । छोरेपाटनका बलर अनुष्का थापाले ३ तथा नेहा गौतमले १ विकेट लिइन् । खेलमा अम्मरसिंहकी कृषा तिवारी सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् ।

अर्को खेलमा भद्रकालीले लक्ष्मी माविलाई ६५ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको भद्रकालीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार पारेको थियो । सो खेलमा भद्रकालीका रिया तामाङले ३५ तथा रिसा तामाङले अभिजित १३ रन बनाइन् । लक्ष्मीका बलर सुप्रिया गुरुङले १ विकेट लिइन् । प्रत्युत्तरमा लक्ष्मीको पारी १६.१ ओभरमा ७६ रनमै समेटिन पुग्यो । लक्ष्मीका मुस्कान जैशवालले ९ रन बनाइन् । भद्रकालीका बलरहरु विशाखा महर्जन र कामना क्षेत्रीले समान ३ तथा रिया तामाङले २ विकेट लिइन् । खेलमा रिया सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds