पोखरा । कालिका मावि पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा भएको प्रतियोगिता अन्तर्गत समुह बि मा रहेको कालिकाले ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । समान ४ अंक बनाएर पनि रन रेटमा पछि परेपछि सिद्ध मावि र अम्मरसिंह माविले सेमिफाइनल खेल्ने भएका छन् ।
लिग चरण अन्तर्गतम अन्तिम दिनको प्रतियोगितामा कालिका र बाराही माविले जित हाँसिल गरे । पहिलो खेलमा कालिकाले छोरेपाटन त्रिभुवन शान्ति माविलाई १ सय १५ ले पराजित गर्यो । पहिला व्याटिङ गरेको कालिकाले पुरा २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । उसका लागि सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच रिया गुरुङले अभिजित ८१ रन हानिन् । प्रत्युत्तरमा त्रिभुवन शान्तिले २० ओभर खेलेर ७ विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो ।
अर्को खेलमा बाराही माविले छोरेपाटनलाई ५ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको छोरेपाटनले १६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ७१ रन बनाएको थियो । जितका लागि ७२ रनको लक्ष्य पाएको बाराहीले १४.१ ओभरमा ५ विकेट गुमाएर जित हाँसिल गर्यो । खेलमा बाराहीका असफता भुजेल सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच बनिन् । प्रतियोगिताको सेमिफाइनल खेल बिहीबार तथा फाइनल खेल शुक्रबार हुने संयोजनकर्ता समितिका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु