रन रेटको आधारमा कालिका फाइनलमा : सिद्ध र अम्मरसिंह सेमिमा भिड्ने

रन रेटको आधारमा कालिका फाइनलमा : सिद्ध र अम्मरसिंह सेमिमा भिड्ने

p1

पोखरा । कालिका मावि पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा भएको प्रतियोगिता अन्तर्गत समुह बि मा रहेको कालिकाले ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । समान ४ अंक बनाएर पनि रन रेटमा पछि परेपछि सिद्ध मावि र अम्मरसिंह माविले सेमिफाइनल खेल्ने भएका छन् ।

लिग चरण अन्तर्गतम अन्तिम दिनको प्रतियोगितामा कालिका र बाराही माविले जित हाँसिल गरे । पहिलो खेलमा कालिकाले छोरेपाटन त्रिभुवन शान्ति माविलाई १ सय १५ ले पराजित गर्यो । पहिला व्याटिङ गरेको कालिकाले पुरा २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । उसका लागि सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच रिया गुरुङले अभिजित ८१ रन हानिन् । प्रत्युत्तरमा त्रिभुवन शान्तिले २० ओभर खेलेर ७ विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो ।

अर्को खेलमा बाराही माविले छोरेपाटनलाई ५ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको छोरेपाटनले १६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ७१ रन बनाएको थियो । जितका लागि ७२ रनको लक्ष्य पाएको बाराहीले १४.१ ओभरमा ५ विकेट गुमाएर जित हाँसिल गर्यो । खेलमा बाराहीका असफता भुजेल सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच बनिन् । प्रतियोगिताको सेमिफाइनल खेल बिहीबार तथा फाइनल खेल शुक्रबार हुने संयोजनकर्ता समितिका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds