सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

silver-gold

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ५०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३४ हजार ५०० मा र तेजाबी सुन तोलाको एक लाख ३३ हजार ८५० मा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ट्रेन्डिङ


This will close in 3 seconds