पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ

पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ

Arrest

पोखरा। कास्की प्रहरीले अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -१७ छोरेपाटनबाट प्रहरीले लागु औषधसहित स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका -८ बहाकोट बस्ने ३५ वर्षीय भिम बहादुर शाही र पोखरा -१७ छोरेपाटन बस्ने वर्ष ३८ का राजेन्द्र विकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मंगलबार अन्दाजी २;२० बजेको समयमा लागु औषध नियन्त्रण ब्युरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट लागु औषध नुर्फिन २५ एम्पुल, डाईजापाम २५ एम्पुल र फेनरागन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल बरामद गरेको छ भने, उनीहरू विरुद्ध लागु औषध कसूरमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ