पोखरा । सिद्ध र अम्मरसिंह मावि पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधीका लागि आमने सामने हुने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा सिद्धले अम्मरसिंह माविमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै उपाधीका लागि कालिकासंगको भेट पक्का गरेको हो । कालिका भने यसअघिनै ४ अंकका साथ नेट रनरेटका आधारमा फाइनल पुगिसकेको थियो ।
पहिला व्याटिङ गरेको अम्मरसिंहले पुरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । अम्मरसिंहको व्याटिङमा सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच बनेकी चन्द्रमाया बरालले सर्वाधिक ३२ रनको पारी खेलिन् । सिद्धका लागि संजिला राना मगरले १ विकेट लिएकी थिइन् ।
जितका लागि १ सय ७ रनको लक्ष्य पछ्याएको सिद्धले अन्तिम ३ बल बाँकि रहँदा लक्ष्य प्राप्त गरेको थियो । उसले १९.३ ओभरमा ८ विकेट गुमाएर जित निकाल्ने क्रममा रचना चौधरी र एलिना श्रेष्ठ दुवैले समान ११ रन बनाए । अम्मरसिंहका बलरहरु सुविना गुरुङले ३, चन्द्रमाया बरालले २ तथा सुस्मिता विष्टले १ विकेट लिइन् । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने संयोजनकर्ता समितिका उपाध्यक्ष गोविन्द प्रधानले जानकारी दिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’