पोखरा । सिद्ध र अम्मरसिंह मावि पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधीका लागि आमने सामने हुने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा सिद्धले अम्मरसिंह माविमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै उपाधीका लागि कालिकासंगको भेट पक्का गरेको हो । कालिका भने यसअघिनै ४ अंकका साथ नेट रनरेटका आधारमा फाइनल पुगिसकेको थियो ।
पहिला व्याटिङ गरेको अम्मरसिंहले पुरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । अम्मरसिंहको व्याटिङमा सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच बनेकी चन्द्रमाया बरालले सर्वाधिक ३२ रनको पारी खेलिन् । सिद्धका लागि संजिला राना मगरले १ विकेट लिएकी थिइन् ।
जितका लागि १ सय ७ रनको लक्ष्य पछ्याएको सिद्धले अन्तिम ३ बल बाँकि रहँदा लक्ष्य प्राप्त गरेको थियो । उसले १९.३ ओभरमा ८ विकेट गुमाएर जित निकाल्ने क्रममा रचना चौधरी र एलिना श्रेष्ठ दुवैले समान ११ रन बनाए । अम्मरसिंहका बलरहरु सुविना गुरुङले ३, चन्द्रमाया बरालले २ तथा सुस्मिता विष्टले १ विकेट लिइन् । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने संयोजनकर्ता समितिका उपाध्यक्ष गोविन्द प्रधानले जानकारी दिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो