कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो

कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो

IMG

मुस्ताङ । नेपाल र चिनको सिमाना कोरोला नाका, मुस्ताङमा नेपाल विद्युत प्राधिकरण, तातोपानी वितरण केन्द्रले ट्रान्सफरमर जडान गरी पहिलो पटक विद्युत सेवा उपलब्ध गराएको छ ।

प्राधिकरणका गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यको समन्वयमा बत्ती पुगेको तातोपानी वितरण केन्द्रका प्रमुख प्रकाश काफ्लेले जानकारी गराए । प्रमुख काफ्लेले कोरोला नाका खुलेसँगै विद्युतको आवश्यक महशुस गरी प्रतिकुल मौसमका बाबजुत विद्युत सेवा विस्तार गरिएको बताए । जसका लागि लोमान्थाङ गाउँपालिकाका प्रमुख तथा मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले समेत विद्युत विस्तार गर्न आवश्यक समन्वय गरेका थिए । ट्रान्सफरमर जडानका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरी, नेचुङको सहयोगका लागि तातोपानी वितरण केन्द्रका इन्जिनियर उत्तम अधिकारीले धन्यवाद ज्ञापन गरे । बत्ति पुगे सँगै सुरक्षामा खटिने सुरक्षाकर्मी लगायत नाकामा व्यवसाय गरेर बस्ने व्यवसायीहरुले राहत महशुस गर्दै खुसि व्यक्त गरेका छन् ।

मुस्ताङ जिल्लामा प्राधिकरणको स्थानीय कार्यालय नभएका कारण म्याग्दी जिल्ला, अन्नपूर्ण गा.पा. स्थित तातोपानी वितरण केन्द्रको मातहतमा रही निलगिरी उपभोक्ता सहकारी संस्था लि. मुस्ताङले, मुस्ताङ जिल्लामा विद्युत सेवा दिंदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds