पोखरा २३ नयाँबस्तीमा भेट्रान्स भलिबल प्रतियोगिता सुरु

पोखरा २३ नयाँबस्तीमा भेट्रान्स भलिबल प्रतियोगिता सुरु

volleyball u

पोखरा । भूपु भलिबल खेलाडी पूर्नमिलन तथा शुभकामना भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा २३ नयाँ बस्तीमा ३५ वर्ष माथिका भेट्रान्स भलिबल खेलाडीहरुको प्रतियोगितामा भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले यस्तो प्रतियोगिताले निरन्तरता पाउनु पर्ने बताए । उनले पोखरा २३ मा फुटबल मैदान पनि नभएकाले छिटै बनाउन थाल्ने बताए ।

पोखरा २३ मा धेरै मात्रामा सार्वजनीक जग्गाभएका कारण खोजी गरेर फुटबल मैदान पनि बनाउने कामको थालनी गर्ने बताए । त्यसै गरी फेवा सिल्टेसन प्रालिका निर्देशक शिव अधिकारी भलिबल मैदानका लागि आवश्यक पर्ने तारजालीका लागि ४० हजार रुपैया सहयोग गर्ने बताए ।

कार्यक्रममा वडा सदस्य चेतबहादुर क्षत्री, समाज सेवी लेखनाथ पराजुली, प्रतियोगिता संयोजक राजु घले, नवराज पराजुली लगाएतले प्रतियोगिताले नयाँ खेलाडीलाई प्रेरणा प्रदान गर्ने बताए । प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेताले खसी उपहार पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds