पोखरा । कालिका माविले कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा सिद्ध माविलाई ४ विकेटले पराजित गर्दै कालिकाले सो उपाधी रक्षा गरेको हो ।
पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । सिद्धका लागि रचना चौधरीले ४५ रन बनाइन् । कालिकाका बलरहरु पूर्णिमा गुरुङ र श्रद्धा गुरुङले समान ३ तथा अञ्जना सिंखडाले २ विकेट लिइन् ।
जितका लागि १ सय ५ रनको लक्ष्य पछ्याएको कालिकाले १९ औं ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य पार गर्याे । कालिकाको जितमा श्रद्धा गुरुङले अभिजित २६ तथा रिया गुरुङले २१ रनको पारी खेले । सिद्धका बलरहरु रेजिना गदलले २ तथा सञ्जिला राना मगरले १ विकेट लिइन् ।
प्रतियोगितामा कूल १ सय ४६ रन तथा ७ विकेट लिएकी सिद्धकी रचना चौधरी प्लेयर अफ द सिरिज बनिन् । २ सय ३ रन बनाएकी कालिकाका रिया गुरुङ वेष्ट ब्याटर तथा ९ विकेट लिइकी श्रद्धा गुरुङ उत्कृष्ट बलर भइन् ।
विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि आयोजक समितिका अध्यक्ष दिपक बहादुर गोदार, सदस्य सचिव सुवास खड्का, मुख्य प्रायोजकका तर्फबाट टी.आर.काफ्ले, पोखरा–३ का पूर्व वडाध्यक्ष रबिन्सन प्रजु, संयोजककर्ता समितिका अध्यक्ष बिरेन्द्र पुन, उपाध्यक्ष गोविन्द प्रधान लगायले ट्रफि मेडल प्रमाणपत्र प्रदान गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि गोदारले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न समितिले ग्रासरुटका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । त्यस्तै, बिरेन्द्र पुनले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान